डोटी । बिरामी बोक्न प्रयोग हुँदै आएको डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकीको एम्बुलेन्स घरेलु काममा प्रयोगका क्रममा गत बिहीबार राति १० बजे दुर्घटनामा परेको छ । एम्बुलेन्स चालक तेज बोहराले आफ्नै काका पुष्कर बोहरालाई घर पुर्याउन जाँदा वीपीनगरको सोखानमा दुर्घटना भएको हो ।
स्थानीयले भने गैरचालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । एम्बुलेन्सको बीमा नवीकरणसमेत नभएको अवस्थामा काकालाई बोकेर रातिको समयमा घरायसी प्रयोजनमा सो एम्बुलेन्स प्रयोग भएको हो । वडा नम्वर १ का वडा अध्यक्ष डम्बरबहादुर बोहराले पनि दुर्घटना हुनै नसक्ने स्थानमा दुर्घटना भएको बताएका छन् ।