साउन ७, २०७९ शनिबार

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छल। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०४ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ  १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।