मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही तल अवस्थित रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।