साउन ७, २०७९ शनिबार

इंग्ल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिपमा स्विडेनले अन्तिम चारमा स्थान बनाएको छ। शुक्रबार राति भएको क्वार्टरफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै स्विडेनले सेमिफाइनल यात्रा तय गरेको हो।

स्विडेनले केहि दबाबमा राखेको खेलमा गोलरहित बराबरी भएको थियो। तर इन्जुरी समयमा स्विडेनका लागि लिन्डा सेम्ब्रान्टले गरेको एक मात्र गोल निर्णायक हुँदा बेल्जियम प्रतियोगितबाट बाहिरियो। 

बेल्जियमविरुद्ध स्विडेनले गोलका निकै प्रयास गरे पनि सफल भएन। ३३ सट प्रहार गरे पनि उसले १० सट टार्गेटमा राखेको थियो। गोलका लागि अतिरिक्त समय कुर्नुपर्‍यो। 

स्विडेनले अब अन्तिम चारमा आयोजक इंग्ल्याण्डको सामना गर्नेछ।