महेश सिंह । सिरहा । अवैध रूपमा गिट्टी-बालुवा ओसारपसार गरिरहेका ४ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला समन्वय समिति सिरहाबाट खटिएको अनुगमन टोलिले बन्दिपुर छोहर्वाबाट ४ वटा टिपर नियन्त्रणमा लिएका हुन् । अवैध रूपमा उत्खनन् र ढुबानी भइरहेका स्थानमा अनुगमन टोलि पुगेपछि गाडी मालिक र चालक गाडी छाडेर फरार भएका थिए। 
जिल्ला समन्वय समिति सिरहाबाट खटिएका अनुगमन समितिमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, उपप्रमुख दिलिप लामा, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जिल्ला प्रहरी कार्यालय सिरहाका इन्चार्ज, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
टोलिले ना.१ क ९२२७ र ना.८ ख. ८७१९ नम्बरको टिपर नियन्त्रणमा लिएको छ ।