साउन ८, २०७९ आइतबार

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दोस्रो संस्करण खेल्ने भएका छन् । 

आउँदो सेप्टेम्बर २० बाट सुरु हुने प्रतियोगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् । 

लेजेन्ड्स लिग क्रिकेटको दोस्रो संस्करण भने ओमानको साटो भारतमा हुने भएको छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदो संस्करण भारतमा सार्ने निर्णय गरेको एलएलसीले जनाएको छ । 

एलएलसीले आउँदो संस्करणमा पारससहित आठ जना क्रिकेटरलाई समावेश गरेको हो ।