राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको प्राथमिक शेयर (आईपीओ) आज (सोमवार) बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथा मार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरूले शेयर पाएका छन् ।
उनीहरू सबैले १० कित्ताका दरले शेयर पाएका हुन् ।
यो आईपीओमा कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५५ अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ७० हजार ९८८ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, राप्ती हाइड्रोको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।