साउन ९, २०७९ सोमबार

काठमाडौं: नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्।

हेटौँडामा भएको महाधिवेशनको आइतबार भएको अन्तिम मतगणनाबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहितले विजय हासिल गरेका हुन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन पक्ष पराजित भएको छ। अध्यक्षमा संस्थापन पक्षकी अनिता विन्दुलाई लम्सालले हराएका हुन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरे।

उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित हुँदा राममणि दाहाल र शेखर रेग्मी पराजित भएका छन्।

त्यस्तै, उपाध्यक्ष महिलामा कोइराला पक्षकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन्।

उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन्।

महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरे।

हेर्नुहोस् मतपरिणाम