साउन ९, २०७९ सोमबार

भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरू काटिने भएका छन्। 

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको थियो । यसकारण सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरू काटिने भएका हुन्।