काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन्।
सोमवार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताएका हुन्।
उनले सरकार प्रेस जगतको साथमा रहेको बताए। मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे। उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताए।