एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक १०.५ प्रतिशत व्याज भएको "६ वर्ष, १०.५५ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
साउन १८ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।
को हो बिक्री प्रबन्धक ?
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।