साउन १०, २०७९ मंगलबार

काठमाडौं: यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।

स्पेनिस महारथी बार्सिलोनाबिरुद्द प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुडाको चोट बोकेका हुन्। बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ। चोटसँगै पोग्वा टिम बाहिर छन्।

२९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन्।

दायाँ घुडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए।