एथलेटिक्स परिवार नेपालको अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा भएको पहिलो साधारण सभाबाट उनी अध्यक्ष चुनिएका हुन् । यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भए ।
महिला सदस्यमा सपना आचार्य निर्विरोध र सचिवमा सुन्दरकेशर कार्की सचिवमा भए । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भए ।
आइतबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई मनोनीत गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनीत भए ।
यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी सदस्यमा मनोनीत भए । माया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनीत भए ।
आजै बसेको पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ती गुरुङ मनोनयन गरेको छ भने सुशिलनरसिंह राणा, सुनिल राजवंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुवबिक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ भने कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ छन् ।
साधारण सभाको उदघाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड तथा कार्यकारी सदस्य नन्दा बस्यालबाट गरिएको थियो । कीर्तीमानी धावक बैकुन्ठ मानन्धर, जितबहादुर के.सी, सुशिलनरसिंह राणा, रघुराज वन्त, बुद्धवीर लामा, ध्रुवविक्रम मल्ल, ऋषि भण्डारी, चन्द्रबहादुर गुरुङ, बाबुकृष्ण महर्जनलगायतका व्यक्तित्व उपस्थित थिए ।