साउन १०, २०७९ मंगलबार

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन‚ रूस र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले शर्मिला पराजुली (ढकाल)लाई स्पेन‚ मिलनराज तुलाधारलाई रूस र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको  राष्ट्रपति कार्यालयले जनाएको छ। 

यसैगरी भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ।