काठमाडौं: नेपालको लागि, होन्डा मोटरसाइकल र स्कुटर को आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेता नियुक्त गरिएको छ।
बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको हो। टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ।
यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादकमध्ये एक हो ।
स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री–वितरण गर्दै आएको छ । यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ।