मङ्गलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ। युरो एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।