अधिवेशन अवरुद्ध गरेको भन्दै भारतमा माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।
मूल्यवृद्धिको विरोधमा निरन्तर संसद् अवरुद्ध गरेपछि उनीहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ । ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसद्मा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसका लागि तयार छ । ’
निलम्बित सांसदले सदन नछोडेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । यसअघि तल्लो सदन लोक सभाका सभामुखले संसदका चार सदस्यलाई बर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् ।