साउन ११, २०७९ बुधबार

काठमाडौँ : नवनियुक्त पाँच राजदूतले राष्ट्रपतिको कार्यालयमा आज बुधबार एक समारोहका बीच शपथ ग्रहण गरेका छन्। 

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्। 

जापानका लागि डा. दुर्गाबहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलनराज तुलाधार र डेनमार्कका लागि प्रा.डा. राम स्वार्थ रायलाई नियुक्त गरिएको थियो।