साउन ११, २०७९ बुधबार

रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको सेतो मच्छिन्द्रनाथको रथ यात्रा हुने बाटोमा अग्लो कंक्रिट संरचना राखिएपछि विरोध सुरु भएको छ । बाटोको बीचमै पोल राख्ने गरी कंक्रिट संरचना राखिएपछि स्थानीयबासीले विरोध गरेका हुन् ।

यो कंक्रिट संरचना कुन निकायले र किन राखेको भन्ने खुलेको छैन । झण्डा वा अग्लो बत्ती राख्ने गरी पोल राख्न लागिएको अनुमान गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले यो संरचना बनाएको हुनसक्ने अनुमान छ ।