साउन १२, २०७९ बिहिबार

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ  १४ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ।  


बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।