महेश सिंह । सिरहा । - सडक दुर्घटना न्यूनीकरण गर्न लहान नगरपालिकाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई एक सय ट्राफिक चिह्न बोर्ड हस्तान्तरण गरेकाे छ । एक कार्यक्रमबीच लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले ट्राफिक चिह्न बोर्ड हस्तान्तरण गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्राफिक नियमलाई राम्रोसँग पालना गराउन ठाँउठाँउमा ट्राफिक चिह्न बोर्ड लगाइने छन् ।