बलिउड अभिनेता रणवीर सिंहविरूद्ध अश्लीलता फैलाएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ।
रणवीर सिंहले हालै आफ्नो सामाजिक सञ्जालमार्फत केही नग्न तस्बिर शेयर गरेका छन्।
अमेरिकी पत्रिका ‘पेपर’ का लागि लिइएको उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै मानिसहरूले विभिन्न किसिमका प्रतिक्रिया जनाइरहेका छन्।
यसै क्रममा यी तस्बिरहरूलाई आपत्तिजनक मान्दै दुई युवाले मुम्बईको चेम्बुरमा रणवीर सिंहविरुद्ध उजुरी दर्ता गरेका छन्।
जसमध्ये एक जना महिला र अर्का एक एनजीओमा आवद्ध व्यक्ति छन्।
उजुरीकर्ताका वकिल अखिलेश चौबेका अनुसार रणवीर सिंहको नग्न तस्बिरले महिलाको भावना र मर्यादामाथि चोट पुर्याएको आरोप लगाएका छन् ।