साउन १२, २०७९ बिहिबार

एउटै सुईबाट ३० बालबालिकालाई कोभिडको खोप दिएको घटना सार्वजनिक भएको छ । भारतको मध्य प्रदेशमा
घटेको यस घटनाको अनुसन्धान गरिँदै छ । यो घटना मध्य प्रदेशको सागर जिल्लाको हो जहाँ एक स्कूलमा बालबालिकालाई कोभिडको खोप दिइँदै थियो ।


भारत सरकारको स्वास्थ्य मन्त्रालयको दिशानिर्देशअनुसार ‘एक सुई, एक सिरिन्ज केवल एक पटक’ को प्रोटोकल कोभिड–१९ को भ्याक्सिनका लागि निर्धारित छ । भारतमा हालसम्म कोरोना भ्याक्सिनको २०० करोड डोज दिइसकिएको छ ।

भारतमा एचआइभीजस्तो रोग फैलनबाट रोक्नका लागि सिंगल युज डिस्पोजेबल सिरिन्जलाई व्यापकस्तरमा प्रयोग गरिन्छ ।

यद्यपि, कतिपटक यस्ता घटना पनि सार्वजनिक भएका छन् जब अस्पतालमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने डिस्पोजेबल सिरिन्जको कमीका कारण एउटै सुई धेरैपटक प्रयोग गरियो ।

शिवराज के जंगलराज की ताज़ा खेप,
— एक ही सुई से 40 बच्चों को कोरोना वैक्सीन लगाई गई।

शिवराज जी,
और कितने बच्चों की जान लोगे ?

सरकार की बेशर्मी और बेहयाई,
इधर जनता की जान पे बन आई। pic.twitter.com/iZGGIX8jUq

— MP Congress (@INCMP) July 28, 2022
बालबालिकालाई भ्याक्सिन लगाउने जितेन्द्र रायले स्थानीय मिडियासँगको कुराकानीमा उनलाई स्वास्थ्य विभागले एउटा मात्रै सुई दिएको र उनले आदेशको पालना मात्रै गरेको बताएका छन् ।

बालबालिकालाई भ्याक्सिन दिलाउन आएका अभिभावकले यसबारे प्रश्न उठाए र स्कूल प्रशासनसँग यसबारे जानकारी दिए । जब अधिकारी स्कूल पुगे तब जितेन्द्र राय त्यहाँ उपस्थित थिएनन् र उनको फोन पनि स्विच अफ थियो ।

राज्य सरकारको स्वास्थ्य विभागले उनीविरुद्ध लापरवाहीको मुद्दा दर्ता गरेको छ । यसैबीच खोप अभियानका लागि आवश्यक चिज पठाउनले अधिकारीविरुद्ध पनि अनुसन्धान सुरु गरिएको छ । विपक्षी कांग्रेस पार्टीले यो मुद्दामाथि राज्यको स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।