टिप्परमा बालुवा लोड गराउने काम गर्दै आएका कोहलपुरका २१ वर्षीय सर्जन बि.क. को २०७८ बैशाख २ गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा विपरीत दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारका क्रममा मृत्यु भयो।
सर्जन बि.क. र सपना मल्लले विवाह गरेका थिए। उनीहरूको विवाह दर्ता २०७७/१२/२ गते भएको थियो। मल्ललाई नै दाबी भुक्तानीका लागि इच्छाइएको थियो।
मृतकको २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो ।
दाबी भुक्तानीका लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानका लागि प्रत्रचार गर्यो।
अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनका लागि योजना नै बुनेको पाइएको छ । प्रहरीका अनुसार बिकले प्रयोग गरेको बाइक उनको बीमा गरिदिने रिलायन्स लाइफका एजेन्ट सरदार अहमद खाँको थियो ।
सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले विहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहीअनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो। अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको देखिएको छ ।
विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीले जनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेका थिए ।
त्यस्तै सपना मल्लले २ करोड ५० लाख लिइसकेको पनि खुलेको छ । प्रहरीले मल्ललाई दिल्ली हुँदै जापान जाने क्रममा काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो ।
एजेन्ट खाँको अर्यालसँग चिनजान भएकोले उनले पनि योजनामा साथ दिएको प्रहरीले जनाएको छ त्यस्तै प्रहरीले मल्ललाई विदेश जाने भनेर चिनाइएका एजेन्ट टोपबहादुर राना क्षेत्रीलाई पनि पक्राउ गरेको छ । उनले चलाएको गाडीको ठक्कर बाट नै बिकको मृत्यु भयको थियो ।
त्यस्तै प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफूले पनि ६० लाख लिएका थिए । उनी कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए ।
सपना मल्लको खातामा आएको रु.२,५०,००,००० रकमको बाँडफाँड :
- सन्जीब अर्याल - रु.८०,३६,०००/- (असी लाख छत्तीस हजार) -
दिपक के.सी - रु.६०,००,०००/- (साठी लाख)
छबि कुमारी खत्री (सपना मल्लको आमा) - रु.१७,४६,०००/- (सत्र लाख छयालीस हजार)
सपना मल्ल - रु.८६,८९,०००/- (छयासी लाख उनान्नब्बे हजार)
ATM Card - रु.३,०३,५००/- (तीन लाख तीन हजार पाँच सय)
POS - रु.२,६९,९८०/- (दुई लाख उनान्न सत्तरी हजार नौ सय असी)
Balance Recharge - रु.५,३१६/५० (पाँच हजार तीन सय सोह पचास पैसा)
अनुसन्धान गर्नुपर्ने शंकास्पद आधारहरुः
-सर्जन बि.क.को आर्थिक अवस्थाको अध्ययन - पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क रु.५,४०,०००/- तिर्न नसक्ने (KYC) मा वार्षिक आम्दानी समेत रु.२,००,०००/- भनी स्वघोषणा)
- वार्षिक आयको अधिकतम् ४० प्रतिशतसम्मको मात्र बीमा गर्न सक्ने प्रावधान अनुरुप नरहेको
- मृतकको प्रथम बीमा शुल्क रु.५,४०,०००/- सन्जीव अर्यालले तिरिदिएको
- बीमा अभिकर्ता सरदार अहमद खाँसँग समेत घटना अघिदेखि नै निरन्तर सम्पर्कमा रहेको
- दुर्घटनामा अभिकर्ता सरदार अहमद खाँ कै बाईक प्रयोग भएको सपना मल्ल, सन्जीव अर्याल, दुर्घटनामा संलग्न सवारी चालक बीच घटना अगाडिदेखि पछिसम्म बारम्बर सम्पर्क, भेटघाट रहेको बीमाबापत प्राप्त रकमको बाँडफाँड शंकास्पद रहेको ।
घटनाको दिन सन्जीब अर्यालको मृतक, सपना मल्ल, सरदार अहमद खाँ, ड्राइभर टोपबहादुर रानाक्षेत्रीसँग सम्पर्क भएको