महेश सिंह । सिरहा - सिरहाको बरियारपट्टी गाउँपालिकामा असार १ गते लिएको निर्णयप्रति करारका कर्मचारीहरू आन्दोलित भएका छन्। पालिकाले एकमुस्ट रूपमा ७२ जना करारका कर्मचारीहरूलाई हटाउने निर्णय गर्दा उनीहरूले धर्ना दिएका हुन् ।
करारका कर्मचारीहरूलाई हटाउँदा पालिकाको कामकाज समेत प्रभावित भएकाे छ । म्याद नथपिएका कर्मचारीहरू ४ दिनदेखि कार्यालयको अगाडि बिहान् १० बजेदेखि ५ बजेसम्म शान्तिपूर्ण धर्नामा बसेका छन्।