एजेन्सी, १४ साउन । सिंगापुरमा जमिनको कमि छ । उत्पादन गर्ने जमिन नभएपछि कार पार्किङमा समेत कृषि उत्पादन हुन थालेको छ ।
बहुतल्ले कार पार्किङमा कृषकहरूले दैनिक सयौँ केजी तरकारी उत्पादन गर्न थालेका छन् । आन्तरिक माग पूरा गर्न कार पार्किङको समेत प्रयोग हुन थालेका छन् । त्यहाँ धेरै कार छन् र पार्किङ पनि अत्याधिक ।
सिंगापुरको ५५ लाख जनसंख्याका लागि ९० प्रतिशत खाद्यान्न आयात हुन्छ । कृषिमा आत्मनिर्भर बन्न सिंगापुरलाई मुश्किल छ । तर, कार पार्किङमा समेत कृषि कार्य हुन थालेको छ । कतिपय पार्किङले वार्षिक १६ हजार टन तरकारी उत्पादन गर्न थालेका छन् ।