साउन १५, २०७९ आइतबार

काठमाडौं:  डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ। गएराति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नको जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले एक एक गोल गरेका थिए। त्यस्तै आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले एक एक गोल गरेका थिए।

योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि जित्दै आएको छ।