चैत २४, २०७७ मंगलबार


एजेन्सी। दक्षिण एसियाली मुलुक पाकिस्तानमा चिनीको अभाव भएको छ। बजारमा पाकिस्तानी रूपैयाँ १६० मा चिनी बेच्न थालिएको छ। भारतसँग चिनी खरिद सम्झौता हुन नसकेपछि त्यहाँ अभाव हुन थालेको हो।

चिनीको बढ्दो माग पूरा गर्न पाकिस्तानले ५० हजार टन खरिद गर्न ग्लोबल टेन्डर गएको छ। पाकिस्तानले भारतबाट आयात प्रतिबन्ध लगाएपछि चिनी, कटनलगायतका वस्तु अभाव हुन थालेको हो।