साउन १६, २०७९ सोमबार

काठमाडौँ – स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ ।

आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्‍यो ।

पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।

यससँगै फ्रेन्च लिग वान विजेता पीएसजी सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।