काठमाडौं । प्रभु बैंकमा सेञ्चुरी बैंक गाभिने भएका छन् । आइतबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको विज्ञप्तिमार्फत जनाइएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसि उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ । दुई बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ । हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ।