नेपालका लागि टिभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफरु ल्याएको छ जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिभीएस मोटरसाइकल र स्कुटर २०५ डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमशस् जुपिटरमा रू ३ हजार ९०८, एनटर्क स्क्वाड एडिसनमा ५ हजार २५४ र अपाचे आरटीआर २०० ४भीमा ६ हजार ८२२ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
त्यसैगरी अपाचे आरटीआर २०० ४भीको नगद खरिदमा ग्राहकहरूले टिभीएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभीएसले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन् ।
यस योजनाको सन्दर्भमा बोल्दै टिभीएस का प्रबन्ध निर्देशक दीपक रौनियारले भने,'हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई टिभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ टिभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौं।'
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो।