साउन १६, २०७९ सोमबार

काठमाण्डौ: आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लिमिटेड”को “आईएमई पे” ले मोबाइल रिचार्जमा नयाँ अफर ल्याएको छ । 

कम्पनीले आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा ल्याएको थियो । यो अफरको साथै अब सेवाग्राहीहरुले आईएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पाउनेछन् । 

कम्पनीले एक जना भाग्यशाली विजेतालाई यो अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि  महिनाभरि कम्तीमा ५० रुपैयाँको १० टपअप गर्नुपर्ने नियम तथा सर्त रहेको कम्पनीले जनाएको छ ।