साउन १७, २०७९ मंगलबार

काठमाडौं । भारतमा जारी यू-20 साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेश जारी प्रतियोगितामा लगातार ३ खेल जितेर शीर्ष स्थानमा रहेको छ ।

नेपालविरुद्ध फराकिलो अन्तरले जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । नेपाल र भारतले दुई दुई खेल जितेर समान ६ अंक जोडेपनि गोल अन्तरमा भारत विजयी भएपछि नेपाल तेस्रो स्थानमा पुगेको हो ।