भनिन्छ नि मान्छेले आ-आफ्नो एउटा उदेश्य र चाहना राखेका हुन्छ र उक्त चाहना तथा उदेश्य पूरा गर्न निकै संघष गर्नुपर्नेछ , हो त्यस्तै उदाहरण एक पात्र हुन अभिनय कार्की दोलखा जिल्लाको कालिञ्चोक गाउँपालीका वडा न:३ घर भएका उनी अहिले विश्वभर सुख, शान्ति,समृद्धि र राष्ट्रिय एकताको कामना” सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर एक्लै मेचीमहाकाली पैदल यात्रा गरिरहेका छन् ।
गत फाल्गुन ६ गते आफ्नो जन्मदिनको अवसर पारेर झापा जिल्लाको मेची पुल बाट आफ्नो पैदल यात्रा सुरु गरेका उनले २ महिनामा सक्ने योजना राखेका कार्कीले त्यो भन्दा अगाडीनै सम्पन्न गर्न लागेका हुन । त्यस क्रममा उनी यतिबेला कैलाली जिल्लाको चौमालामा छन् । उनको अनुसार करिब ७० देखि ७५ कि.मी को यात्रा पछि पहिलो चरणको मेची महाकाली यात्रा सकिनेछ । उक्त यात्रा २ देखि ३ दिन भित्र सक्ने समेत उनले बताए । पछिल्लो परिवेसमा युवाहरु फ्रस्टेशन, डिप्रेशन लगायत लागू औषध र कुलतको सिकार बनिरहेकोले आफू चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतहरु बाट छुटकारा मिलोस र देश विकासका निम्ति जागृत र सक्रिय बनुन भन्दै कामना सहितको अभियानको सुरु गरेको कार्कीले बताए !
कुनै समय रेडियो तथा अनलाइन मिडियामा समेत काम गरेका अभिनय यतिबेला पनि एउटा नयाँ जोस र जागरणका साथ आफ्नो पैदल यात्रामा निरन्तरता दिई रहेका छन् । ।
उनले यति सम्म सोच बिचार गरेकी आफ्नो परिवाले उक्त यात्रामा जानको लागि रोक छेक् गर्छन् कि भन्ने डरले आफ्नो घर परिवारलाई समेत केही ढिला जानकारी गराए । जबकि उनले सबै कानुनी प्रक्रिया पूरा गरेपछि मात्र आफ्नो घर परिवारलाई यस बिषयका कुराहरु सुनाउन भ्याए ।
उक्त कामना सहितको अभियान पछि कार्की के के गर्दैछन्
उनी यस यात्रालाई सपन्न गरे लगत्तै नेपालका ७७ वटानै जिल्लामा साईकल बाट भ्रमण गर्न समेत योजना बनाएका छन्। त्यस्तै उनले भनेका छन् कि उक्त अभियान सफल पछि यिनै पहिलो र दोस्रो यात्राका अनुभवहरुलाई समेटेर एउटा पुस्तक प्रकाशन गर्ने लक्ष्यमा समेत जुटिरहेका छन् ।