साउन १७, २०७९ मंगलबार

काठमाडौं: गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका छन्। 

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको  उक्त सहकारी संस्थाका सञ्चालक फरार भएको  भन्दै ११ सय ४५ जना बचत कर्ताले उजुरी दिएका थिए।

त्यसपछि संस्थाका अध्यक्ष गौतमले  विज्ञप्ति जारी गर्दै आफू देश बाहिर भएको हुँदा  सम्पर्क नभएको  र बचत कर्ताको पैसा खाएर नभाग्ने प्रतिवद्धता जनाएका छन्। 

हेर्नुहोस् विज्ञप्ति