अहिले समाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । उक्त तस्बिरमा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रवीन धितालसहित अन्य कर्मचारी कार्यकक्षमै मदिरा सेवन गरिरहेको देखिन्छ ।
कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थाको फोटो नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा राखेपछि अहिले उक्त फोटो व्यापक भाइरल भइरहेको हो ।
फोटोमा मदिरा सेवन गरिरहेकाहरूले मंगलबार बेलुका झिसमिसेमै कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा बसेर मदिरा सेवन गरेका हुन् ।