साउन १८, २०७९ बुधबार

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले श्रावण १४, १५ र १६  गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी  अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै  कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।