महेश सिंह, सिरहा । सिरहाको भगवान्पुर गाउँपालिकाबाट हटाइएका करार कर्मचारीहरूले पुनः बहालीको माग राख्दै मसाल जुलुस निकालेका छन् । उनीहरूले पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक हप्ताअघि हटाइएका कर्मचारीहरूलाई पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरूलाई कार्यको जिम्मेवारी दिई कार्य सञ्चालन गर्न आग्रह गरेका थिए।
करार कर्मचारी संघर्ष समितिले ७ दिनदेखि पालिका अगाडि शान्तिपूर्ण धर्ना गर्दै आएका छन् ।
करारका कर्मचारीहरूले भगवान्पुरको मुख्य चौकमा स्थानीय सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका थिए ।