साउन १९, २०७९ बिहिबार

काठमाडौँ — प्रहरी प्रभाग कपन प्रमुख प्रहरी निरीक्षक कृष्ण बस्यालको नेतृत्वको टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट गोरखा चुमनुब्री घरभई तीनचुली बगला मार्ग बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई 
स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँ रकमसहित पक्राउ गरेको जनाएको छ ।

जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई ३२ लाख ५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानका क्रममा प्रहरी वृत्त बौद्धको टोलीसहितले घ्याल्चेनको डेराबाट थप १७ लाख ५० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ