साउन १९, २०७९ बिहिबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको हो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार तीन रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।