साउन २०, २०७९ शुक्रबार

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्ड १६ रनले विजयी भएको छ ।

न्यूजिल्याण्डले बनाएको १४८ रनको विरुद्ध मैदान उत्रिएको नेदरल्याण्ड्स निर्धारित ओभरको ३ बल बाँकी हुँदै १३२ रनमा समेटिन पुग्यो ।

पहिला ब्याटिङ गरको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाउँदा मार्टिन गप्टिलले ४५ रनको योगदान गरे । २ टी २० सिरिजको सृंखला अन्तगत आजै राति पौने ९ बजे दोस्रो  खेल हुने छ ।