अर्थमन्त्री जनार्दन शर्माले प्रेस विज्ञको रूपमा जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताल नियुक्त भएका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार करीब तीन दशकदेखि पत्रकारितामा सक्रिय धिताललाई अर्थमन्त्रीले प्रेस विज्ञ नियुक्त गरेका हुन् । अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री बनाउनका लागि धिताललाई सञ्चार विज्ञ नियुक्त गरिएको बताइएको छ ।