साउन २०, २०७९ शुक्रबार

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ३ हजार ५५० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५ हजार ७६० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३७० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ७१ हजार ६२० जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव २ प्रतिशत छ । त्यस्तै, कोरोना लागेर १ जनाको मृत्यु भएको छ ।