साउन २०, २०७९ शुक्रबार

बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौ बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमवारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् । 

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गराए । 

ब्वाइजमा टीआईए तथा गर्ल्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् । खेलहरू अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछ ।