साउन २३, २०७९ सोमबार

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पाँचौं तथा अन्तिम खेलमा भारतले फराकिलो जित निकालेको छ । जितसँगै भारतले पाँच खेलको सिरिज चार एकले आफ्नो पक्षमा पारेको हो । 

टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रन बनायो । भारतका लागि ओपनर श्रेयस ऐरले ६४ रन बनाए भने हार्दिक पान्ड्याले २८ रनको योगदान गरे । यस्तै ईशान किशनले ११ र दीपक हुडा ३८ रन बनाए ।

यस्तै सञ्जु स्यामसन १५ रन बनाउँदा दिनेश कार्तिक १२ रन जोडे । वेस्टइन्डिजका ओडेन स्मिथले ३ विकेट लिए भने जेसन होल्डर, डोमिनिक र हायडन वेल्स जुनियरले एक एक विकेट हात पारे । 

जवाफमा वेष्ट इन्डिज मात्र १५ ओभर चार बलमा एक सय रनमा अलआउट भयो । उसका पाँच खेलाडीले खाता खोल्न सकेनन् । स्कोरबोर्डमा एक रनपनि जोड्न नपाउँदै पहिलो विकेट गुमाएको वेष्ट इन्डिजले २४ रनमा दोस्रो तथा ३३ रनमा तेस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको वेष्ट इन्डिज अन्ततः एक सय रनमा समेटियो । 

वेष्ट इन्डिजको पारिलाई ध्वस्त पार्न रभी बिस्नोईले चार तथा कुलदिप यादव र अक्सर पटेलले तीन तीन विकेट लिए । खेलको प्लेअर अफ दी म्याच अक्सर पटेल बने भने प्लेयर अफ दी सिरिज अर्सदिप सिंह बने ।