काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । वल्ड ट्राफोडमा भएको खेलमा ब्राइटनले युनाइटेडलाई २–१ ले हराएको हो ।
ब्राइटनका लागि पास्कल ग्रोले दुई गोल गरे । उनले खेलको ३० र ३९ मिनेटमा गोल गरे । युनाइटेडले एक गोल आत्मघाती उपहार पायो ।
ईपीएल २०२२/२३ सिजनको पहिलो खेलमा नै युनाइटेड पराजित भयो । यो जितसँगै ब्राइटन अङ्क तालिकाको पाँचौँ स्थानमा पुगेको छ भने युनाइटेड १४ औँ स्थानमा छ ।