साउन २३, २०७९ सोमबार

युक्रेनी सेनाले लीक गरेको भनेको गोप्य दस्तावेजले युद्धमा मरेका युक्रेनी सैनिकको वास्तविक संख्या खुलाएको छ । 

टेलिग्राम च्यानलहरूमा भाइरल भएको युक्रेनी भाषाको दस्तावेजको आधिकारिकताका विषयमा कसैले पनि गम्भीर आपत्ति नजनाएकाले त्यसलाई नपत्याउनुपर्ने कारण देखिन्न । 

ती दस्तावेजहरूमा उल्लेख गरिएअनुसार, युक्रेनी सेनाका १ लाख ९१ हजार मानिस युद्धमा कि मारिएका छन् कि घाइते भएका छन् । यस संख्यालाई ३ः१ अनुपातले हिसाब गर्ने हो भने ५० हजारजना मारिएको हुनुपर्छ । अनि १ लाख ४० हजार युद्ध गर्न नसक्ने गरी घाइते भएको हुनुपर्छ । 

युद्धका क्रममा बेपत्ता भएका मानिसको लेखाजोखा गरिएको छैन । ती बेपत्ताहरू कि युद्धमा मारिएका छन्, कि रुसीहरूद्वारा युद्धबन्दी बनाइएका छन् कि मैदानबाट भागेका छन् । अघि उल्लेख गरिएको १ लाख ९१ हजारमध्ये आधाजस्तो यसरी बेपत्ता भएका हुन सक्छन् । त्यो भनेको ९५ हजार मानिस हुन् । 

युद्ध शुरू हुने बेलामा युक्रेनी सेनासँग २ लाख ६० हजार सैनिक थिए भने सीमा गश्ती, प्रहरी, भूमि प्रतिरक्षा बल लगायत गरी ३ लाख ४० हजार सशस्त्र बल थिए । 

यो लीक सही हो भने आधा जति अर्थात् ३ लाखजना युद्ध लड्न नसक्ने भइसकेका छन् । 

युक्रेनका स्वास्थ्य केन्द्रहरूमा धेरै घाइतेहरू राखिएकाले सेवा दिन नसक्ने स्थिति छ । गम्भीर घाइते भएकाहरूलाई पोल्यान्ड, जर्मनी र युरोपका अन्य मुलुकमा लगिएको छ । 

युक्रेनी सेनाले हातहतियार र युद्ध उपकरण गुमाउँदै लगेका छन् । विशेषगरी एम७७७ हावित्जर तोपका विषयमा युक्रेनी सेनाले गुनासो गरिरहेको छ किनकि त्यो चलाउनका लागि तेल, हाइड्रलिक फ्युल र नाइट्रोजन आवश्यक हुन्छ । लामो समयसम्म जाने युद्धका लागि यो हतियार टिकाउ छैन । 

लीक गरिएका यी दस्तावेजहरू कैयौं दिनदेखि इन्टरनेटमा घुमिरहेका छन् । युक्रेनीहरूले यो झूटो दस्तावेज हो भन्न सकेका छैनन् । त्यसैले युक्रेनी सेना धराशायी हुनै लागेको देखिन्छ । 

यो युक्रेनका लागि भयावह स्थिति हो । यी ३ लाख मानिस राष्ट्रपति  भोलोदीमीर जेलेन्स्की, नवनाजी समूह तथा तिनीहरूका अमेरिकी मालिकको अहंकारको शिकार बन्न बाध्य भएका छन् ।