साउन २३, २०७९ सोमबार

उच्च अदालतका २७ न्यायाधीश पदका लागि २ सय ७७ जनाले आवेदन दिएका छन् । न्याय परिषद् सचिवालयले २७ न्यायाधीशको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । परिषद्को आह्वानअनुसार २ सय ७७ जनाको दरखास्त दर्ता भएको हो । 

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार १६१ जना निजी वकिलहरू, सरकारी वकिल ९ जना, जिल्ला न्यायाधीशहरू ७५ जना, न्याय समूहका १३ जना कर्मचारीहरू,  कानून समूहका ८ जना र अन्य ११ जनाले आवेदन दर्ता गराएका छन् । कानून समूहअन्तर्गत कानून मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका कर्मचारीले दरखास्त दर्ता गराएका छन् । अन्यतर्फ अध्ययन, अनुसन्धान क्षेत्रमा कार्यरतहरूले दरखास्त दिएको प्रवक्ता कार्कीले जानकारी दिए ।