धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजो (साउन २४ गते, मंगलबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
सिडिएसका अनुसार संस्थाको आईपीओमा बुधबार बिहान १० बजेसम्म ७ लाख २२ हजार एक सय ७ जनाले ८२ करोड ३५ लाख ६० हजार रूपैयाँ बराबरको ८२ लाख ३५ हजार ६ सय कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २६.६२ गुणा धेरै आवेदन हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।