चैत २६, २०७७ बिहिबार


एजेन्सी। अहिलेसम्म तपाईले पानीको नदी बहेको देख्नुभएको होला । तर संसारमा एउटा यस्तो पनि नदी छ, जसमा सुन बग्छ। त्यो पनि शुद्ध सुन । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । तर यो बिल्कुलै सत्य हो ।

क्यानडाको डसन सिटीमा एउटा यस्तो नदी छ, जसमा शुद्ध सुन बहन्छ । त्यहाँ हरेक समयमा स्यालानियोनको मेला लागिरहन्छ । यो नदीबाट निस्किएको सुनले जो कोहि पनि करोडपति बन्न सक्छ ।

एक रिपोर्टका अनुसार १८९६ मा जर्ज कार्मेक, डसन सिटी चार्ली र स्कूकम जिम मेसनले सबैभन्दा पहिला यो नदीमा सुन रहेको कुरा संसारलाई बताएका थिए । वर्ष १८९८ मा यो शहरको जनसंख्या १५ सय थियो । त्यहाँबाट जो कोहि पनि सुन निकाल्न सक्छ ।